जाेगवनीबाट धरानसम्मकाे सडक निर्माणमा ढिलाई

<span class='c1'>जाेगवनीबाट धरानसम्मकाे सडक</span> <span class='c2'>निर्माणमा ढिलाई</span>

इटहरी, २९ चैत । अधुरो सरकारी नीति र लापारवाही कार्यशैलीका कारण भारतको जोगवनीसँग जोडिएको विराटनगरको रानी भन्सारदेखि धरान बजारसम्मको सडक निर्माणमा ढिलाइ भएको छ ।
सरकारले आयोजना ठेक्काको लागि एकमुष्ट टेन्डर आब्हान नगर्ने, स्वीकत ठेक्काको रकम निकासा नगर्ने र कतिपय सडक सिमामा पर्ने नीजि जमिनको लागत कट्टा नै नगरी टेन्डर आब्हान गरेकाले निर्माणको कामले गति लिएको छैन ।
कुल १० अर्व ९८ करोड लागतमा ४९ किलोमिटर सडक अन्तराष्ट्रिय मापदण्ड अनुसार ६ लेनको बनाउन २०७६ सालमा काम सम्पन्न गर्नेगरी २०७० असारमा निर्माण थालिएको थियो । आयोजना सम्पन्न गर्न स्थापना भएको बिराटनगर रानी–ईटहरी–धरान ब्यपारिक सडक आयोजना कार्यालय ईटहरीका अनुसार अहिलेसम्म आयोजनाको ८० प्रतिशत काम पुरा हुनुपर्नेमा भएको छैन । आयोजना सुरु भएको ४ वर्ष बित्नलाग्दा ईटहरीदेखि धरान सम्मको २१ किलोमिटर सडक निर्माणको टेन्डरसमेत आब्हान गरिएको छैन । रानीदेखि ईटहरीसम्मको पहिलो खण्ड अन्तर्गतको २८ किलोमिटर सडकको काम पनि ३५ प्रतिशत मात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कुल ५ अर्ब ४ करोडमा बिभिन्न जेभी कम्पनीले ११ प्याकेजमा शुरु गरेको काममध्ये रानीदेखि ईटहरी सडक खण्डको दुई स्थानमा स्थानीयको अबरोध रहेको आयोजनाले जनाएको छ । अन्य ९ स्थानमा भने १३ देखि ८५ प्रतिशत काम सकिएको छ । समग्रमा ३५ प्रतिशतभन्दा बढी प्रगति हुननसकेको आयोजनाका ईन्जिनियर सुमोद पोखरेलले जानकारी दिनुभयो ।
अहिले विराटनगर कञ्चनबारी क्षेत्रको ३ दशमलव ३ किलोमिटर बाटो २३ करोड २५ लाख २१ हजार २ सय ४६ रुपैंयाँ लागतमा र २१ करोड ९८ लाख ४६ हजार १ सय ९४ रुपैंयाको लागतमा दुधफाराम क्षेत्रको १ दशमलव ५ किमि बाटो कालोपत्रे भईरहेको छ । विराटनगरको बरगाछी क्षेत्रमा र कालिका, कान्छाराम जेभीले १२ करोड ५२ लाख ३८ हजार २ सय ५० को लागतमा शुरु गरेको ३ किलोमिटर सडकको ढल निर्माणको काम ७५ प्रतिशत सकिएको छ । आशिष, एपेक्स, सोशन जेभीले रानी भन्सार क्षेत्रमा ५९ करोड ९७ लाख ५१ हजार ९ सय ८३ रुपैंयाँ र कालिका, कान्छाराम जेभीले रोडसेस क्षेत्रमा ६१ करोड ४२ लाख ८३ हजार ९ सय १६ रुपैंयाको लागतमा २०७२ असारदेखि थालेको ३÷३ किलोमिटर निर्माणमा ४५ प्रतिशत मात्र काम पुरा भएको छ ।
यस्तै टंकी गंगाचौंक क्षेत्रको ३ किलोमिटर बाटोमा ३० प्रतिशत मात्र प्रगति भएको छ । त्यसको जिम्मा शर्मा, कान्छाराम जेभीले ३४ करोड ९३ लाख ६५ हजार १ सय ६२ रुपैंयाँमा लिएका छन् । दुहबीदेखि इटहरीसम्मको ९ किलोमिटर सडक २०७३ भदौमा १ अर्ब ६९ करोड २६ लाख ९० हजार ७ सय ८८ रुपैंयाँमा टुण्डी, रमन जेभीले जिम्मा लिएकोमा १३ प्रतिशत काम भएको छ ।
बरगाछीदेखि रोडसेस चौक र हात्तिमुढादेखि दुहवीसम्मको सडक विस्तार र निर्माणको काम भने स्थानीयबासीको अबरोधका कारण अगाडि बढेको छैन । सडक सिमामा रहेको सर्वसाधारणको नाममा रहेको जमिनको मुआब्जा नपाएको भन्दै स्थानीयले अवरोध गरेपछि काम हुन नसकेको कार्यालयका प्रमुख दिपक भट्टराईले जानकारी दिनुभयो ।
ईटहरीदेखि धरानसम्मको दोस्रो आयोजनाका लागि टेन्डर प्रकृया भर्खरै अगाडि बढेको आयोजनाले जनाएको छ । अहिलेकै तरिकामा सुधार नभए आयोजना सम्पन्न हुन ५ बर्षभन्दा बढी समय लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्