पुष्पलाल चोकमा ७० जेष्ठ नागरिक सम्मानित

पुष्पलाल चोकमा ७० जेष्ठ नागरिक सम्मानित

विराटनगर, २९ चैत । विराटनगरको पुष्पलाल चोकमा रहेको पोलस्टार मन्टेस्वरी एण्ड सेकेन्डरी बोर्डिङ स्कूलले एकै थलोमा ८० जना जेष्ठ नागरिकलाई भेला पारी सम्मान गरेको छ ।
बोर्डिङले मंगलबार स्कूल परिसरमा एक कार्यक्रम आयोजना गरी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
छोराछोरी, नातीनातिनाहरुलाई अमूल्य शिक्षा प्रदान गरी भविष्य निमार्ण गर्न ठूलो भूमिका निर्बाह गरेको भन्दै जेष्ठ नागरिकलाई सम्मान गरिएको स्कूलका प्रिन्सिपल गोपालप्रसाद रिजालले जानकारी दिनुभयो । स्कूलमा अध्ययरत विद्यार्थीका ७० वर्ष उमेर पार गरेका हजुरबुवा, हजुरआमालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
जेष्ठ नागरिकहरुलाई स्कूलका प्रिन्सिपल रिजाल, कार्यक्रम संयोजक बलभद्र नेपाल, समाजसेवी द्धारीका प्रसाद दाहाल, तोयानाथ घिमिरेलगायले सम्मान गर्नुभएको थियो ।
स्कूलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि पनि विभिन्न गतिविधीहरु आयोजना गर्दै आएको प्रिन्सिपल रिजालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्