झापा, मोरङ र सुनसरीलाई प्रदेश २ मा गाभ्न मधेशी मोर्चाले बुझायाे ज्ञापन पत्र

झापा, मोरङ र सुनसरीलाई प्रदेश २ मा गाभ्न मधेशी मोर्चाले बुझायाे ज्ञापन पत्र

विराटनगर ३० चैत्र । मधेशी मोर्चा मोरङले विभिन्न ५ बुंदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । मोर्चाले मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको हो । मोर्चाका मोरङ संयोजक राजकुमार यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी कोइरालालाई विभिन्न ५ बुंदे माग समेटिएको ज्ञापनपत्र हस्तान्तरण गरेको हो । प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर २ मा गाभिनुपर्ने, जनसंख्याको आधारमा स्थानिय तहरको संरचना हुनुपर्ने, छुटेका नागरिकको नाम मतदाता नामावलीमा समाबेश गर्नुपर्ने र विराटनगरलाई महानगरपालिका बनाउनुपर्ने लगायतका माग राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्