कागतीकाे पकेट क्षेत्र घाेषणा

<span class='c1'>कागतीकाे पकेट</span> <span class='c2'>क्षेत्र घाेषणा</span>

बिनु तिम्सिना
जिल्ला कृषि विकास कार्यालय मोरङले जिल्लाको उत्तरी पहाडि गाउँपालिका केराबारीको वाड नम्बर एक पाटी गाउँलाइ कागतीकाे पकेट क्षेत्र घोषणा गरेको छ ।

कार्यालयले मंगलबार पाटी गाउँमा आयोजना गरेको व्यवसायिक कागती खेति पकेट क्षेत्र अभिमुखिकरण कार्यक्रममा बरिष्ठ कृषि अधिकृत मनोज यादवले पकेट क्षेत्र घोषना गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाले पाटी गाउँको मौसम कागति खेतिका लागि निकै उत्तम रहेकाले लामो समय देखि कृषि कार्यालयले पाटी गाउँमा कागतिको खेति विस्तारका विषयमा योजना बनाइरहेको जानकारी दिनुभयो । उहाले कार्यालयको योजना अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रममा समेत पाटी गाउँ कागतिको पकेट क्षेत्रका लागि छनौटमा परेकाले अब कागतिको व्यवसायिक खेतिका लागि लाग्न कृषकहरुलाइ आग्रह गर्नुभयो ।

मोरङमा कागती र कागतिको विरुवाको समेतको माग अत्याधिक रहेकाले क्षेत्र विस्तार धेरै भइरहेका भएपनि माग धान्न गारो भइरहेको उहाले बताउनुभयो । मोरङमा उत्पादित कागतिको विरुवा ताप्लेजुङ देखि लम्जुङसम्मका कृषकहरुले रुचाउने हुदा कागतिको विरुवा विक्रि वितरणका लागि समेत बजारको कुनै समस्या नहुने उहाले बताउनुभयो । पकेट क्षेत्रका लागि १० हेक्टर क्षेत्रफलमा व्यवसायिक कागति खेति विस्तार गरिने छ । सुपर जोन र जोन कार्यक्रम संचालनका लागि छुट्टै कार्यालय संचालन गरिएको भएपनि ब्लक र पकेट क्षेत्रका लागि भने जिल्ला कृषि विकास कार्यालयहरुले नै गर्ने व्यवस्था गरिएको छ । सोहि अनुसार मोरङमा ६५ वटा पकेट क्षेत्र बनाउने कार्य योजना बनाइएको छ । जसमध्ये पाटी गाउँलाइ जिल्ला मै पहिलो कागति उत्पादन पकेट क्षेत्र घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्