बिराटनगर चैत ३० ,
बिराटनगरमा होटेल तथा रेस्टुरेन्ट खुल्नेक्रम निरन्तर जारी छ । नयाँ टेस्ट तथा कन्सेप्टमा खुलीरहेका रेस्टुरेन्टले विराटनगरमा पर्यटन साथै विराटनगरको बिशेषतामा इट्टा थप्ने काम गरिरहेको छ । यस्तै नयाँ रेस्टुरेन्ट "मेनु" पनि संचालनमा आएको छ । विराटनगरका युवाहरुको पहलमा मेनु रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको हो । ट्राफिक चाैकबाट उत्तर मेन राेडमा खुलेकाे उक्त रेस्टुरेन्ट एण्ड बारको सोमबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । विशेषगरी युवा पुस्तालाई केन्द्रीत गरेर उक्त रेस्टुरेन्ट एण्ड बार संचालनमा ल्याएको संचालकहरुले बताएका छन् ।