मोरङ, चैत्र ३१,
मोरङको बिराटनगर १ स्थित शंकर चौकमा मंगलबार स्कुटरको ठक्करबाट घाईते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
मंगलबार बेलुका ५ बजे तिर को १० प ६१९० नम्बरको स्कुटरको ठक्करबाट पैदल हिड्दै गरेकी ६५ बर्षिया गिता पासवान घाईते भई उपचारकालागी नोबेल अस्पताल पठाईएको थियो।
उपचारको क्रममा उनको बुधबार बिहान सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। स्कुटरका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।