सप्तरीमा सकारात्मक व्यवहार नामक तालिम सम्पन्न

सप्तरीमा सकारात्मक व्यवहार नामक तालिम सम्पन्न

सप्तरी । सेभ द सप्तरीले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको तीन दिने सकारात्मक व्यवहार÷अनुशासन नामक तालिम सम्पन्न भयो ।

तालिममा सहभागीहरुलाई शिक्षक र विद्यार्थीको सम्बन्ध, अनुशासन, नैतिक र चारित्रिक सुधार जस्ता विषयमा जानकारी दिइएको थियो । तालिमको उद्घाटन सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले गरेका थिए ।

विद्यालय निरीक्षक दीपकुमार यादव, राससका अञ्चल प्रमुख सुरेश झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, फोकल पर्सन नरेन्द्र यादव र कार्यक्रम संयोजक गोपालप्रसाद चौधरीलगायतका वक्ताले मानव कल्याण एवम् आपसी भाइचाराका लागि अनुशासन अपरिहार्य रहेको विचार विचार व्यक्त गरे ।

बाइस जना शिक्षकको सहभागिता रहेको सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति द्वय देवकुमार यादव र क्षत्रनारायण यादवले प्रशिक्षण दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्