झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने

झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने

झापामा मतदाता शिक्षा कार्यक्रमका लागि ६ सय ५६ जना परिचालन गरिने भएको छ । नगर तथा गाँउपालिकामा रहेका ९२ जना सामाजिक परिचालकलाई निर्वाचन शिक्षा कार्यकर्ता र शिक्षा कार्यालय झापा अन्तरगत रहेका ५ सय ६४ जना बाल विकास शिक्षक (सहयोगी कर्मचारी)लाई स्वयमसेवक भनेर खटाइने तयारी भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापाका ८ नगरपालिका र ७ गाउपालिका गरी १५ वटा स्थानीय तहमा एकैसाथ मतदाता शिक्षा कार्यक्रमका लागी उनिहरुलाई परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए ।

एक हजार मतदाता सख्या बराबर एक जनालाई गाँउ गाँउमा पठाउने आचार्यको भनाई छ ।आउदो शुक्रवार देखि झापामा घरदैलो मतदाता शिक्षा कार्यक्रम सुरु हुने उनले बताए ।

अहिले स्थानीय तह गठन सम्बन्धी, गाँउ तथा नगरसभा, गाँउ तथा नगर कार्यपालिका र जिल्ला समन्वय समितिमा स्थानीय तह निर्वाचनबाट के कस्तो प्रतिनिधित्व हुने, मत कसरी दिने बिषयमा मतदातालाई जानकारी गराउने, बदर हुने मत रोकथाम गर्ने उदेश्यले मतदाता शिक्षा कार्यक्रम गर्न लागेको उनले जनाए ।

छनौटमा परेका कार्यकर्ता र स्वमसेवकलाई यही चैत ३० र ३१ गते मतदाता शिक्षा सम्बन्धी प्रशिक्षण दिइरहेको उनले बताए । प्रशिक्षण पश्चात उनीहरुलाई एक महिनाका लागि गाउ– गाउमा खटाइने छ ।

झापामा २ सय ८३ मतदान स्थल र मतदान केन्द्र लगभग ६ सय ५० रहने निर्वाचन कार्यालयले जनाएको छ । मतदाता सख्या ५ लाख १० हजार २ सय १६ रहेको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्