पत्रकारहरूद्वारा सामुदायिक वनकाे भ्रमण

<span class='c1'>पत्रकारहरूद्वारा सामुदायिक</span> <span class='c2'>वनकाे भ्रमण</span>

प्रेम देवान
विराटनगर, २ वैशाख । वैज्ञानिक वन व्यवस्थापन सिद्धान्तलाई अविलम्बन गर्न तथा त्यसको प्रभावकारी बढाउन सामुदायिक वनको स्थलगत भ्रमण गरिएको छ ।
सरकारले सुरु गरेको बैज्ञानिक वन व्यवस्थापन आजको आवश्यकता भएको हुनाले यसको विकासको लागि निजी क्षेत्रको सहयोग र भुमिका आवश्यक रहेको स्थलगत भ्रमणमा सहभागीहरुले बताएका छन् ।
वैज्ञानिक वन व्यवस्थापन गर्न उपभोक्तादेखी सबै क्षेत्रको साथ सहयोग पाउन सके यसको प्रभावकारी बढ्ने ईलाका वन कार्यालय मंगलबारेका डिएफए विश्वराज पन्डितले बताए ।
मोरङमा २४ वटा सामुदायिक वन र ३ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थान सुरु भएको पण्डितले जानकारी गराए । कार्यक्रममा नेपाल पत्रकार मञ्च मोरङको सभापति मोहन भट्टराई, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गणेश लम्साल, नेपाल पत्रकार महासंघ मोरङका सह सचिव सत्यनारायण शर्मा लगायतले वैज्ञानिक वन व्यवस्थानको लागि सञ्चाकर्मीहरुले रचनाआत्मक भूमिका निर्वाह गनुपर्नेमा जोड दिए । कार्यक्रममा एक दर्जन भन्दा वढि सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्