ट्याक्टर दुर्घटनामा ४ घाइते

ट्याक्टर दुर्घटनामा ४ घाइते

उदयपुरको रौतामाई गाउपालिका-१ मा शनिबार विहान रौताबाट माझखर्कतर्फ जादै गरेको ना ५ त ५७४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका छन्।

घाइते हुनेमा जिल्ला उदयपुर रौतामाई गाउपालिका-१ बस्ने २० बर्षिया मिरा मगर, सोही ठाउँका २० बर्षिय पर्बत राई , २१ बर्षिय दावा शेर्पा र २३ बर्षिय फुर्वा शेर्पा घाइते भएका छन्।

घाइते चारैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने टयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी रामपुर झिल्केले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्