मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सिराहा, बैशाख ३ गते

सिरहाको सिरहा नगरपालिका-११ स्थित भलुवाही सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिरहा झोली बस्ने ६० बर्षिया सहोदिया कामती रहेकी छिन्। उनलाई सिरहाबाट चोहर्वातर्फ जादै गरेको स ४ प १९६८ नम्बरको मोटरसाइकलले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्