माेर्चालाइ सहमतीमा ल्याएर एकै चरणमा चुनाव गर्नु पर्छ: शेखर काेइराला

<span class='c1'>माेर्चालाइ सहमतीमा ल्याएर एकै चरणमा</span> <span class='c2'>चुनाव गर्नु पर्छ: शेखर काेइराला</span>

बिनु तिम्सिना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल, पहाड सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुनेगरी वातावरण तयार गर्न सरकारसँग आग्रह गरे ।
कोइरालाले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने नेतृत्वदायी भूमिका अब कांग्रेसले गर्नुपर्ने उल्लेख गरे । कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले सहमति कायम गर्ने दायित्व पनि कांग्रेसको रहेको उनको भनाइ थियो । पछिल्लोपटक सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले स्वीकार नगरेको अवस्थामा अब कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेर सहमति कायम गर्नुपर्ने उनको भनाइ थियो । उनले दुई नम्बर प्रदेशलाई थाँती राखेर निर्वाचन गरिए मुलुकमा भयावह स्थिति सृजना हुनसक्ने बताए । सीमांकनको विषयलाई शक्तिशाली आयोग बनाएर टुंग्याउने गरी मोर्चासँग सहमति कायम गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । मधेसी मोर्चाले पनि देशको विकास र निकासका लागि एककदम अगाडि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्