विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय

<span class='c1'>विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख</span> <span class='c2'>निर्वाचन अधिकृतको कार्यालय</span>

बिनु तिम्सिना
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मोरङ लागि विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । कार्यालयमा प्रमुख जिल्ला न्यायाधीश विनोदकुमार पोख्रेलले प्रमुख निर्वाचन अधिकृतको पदभारसमेत ग्रहण गर्नुभयो । प्रमुख निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै निर्वाचन आयोगका आयुतm नरेन्द्र दाहालले देश पूरै निर्वाचनमय भइसकेको र मतदाता पनि चुनावमा मत हाल्न आतुर रहेको बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो ।

उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेपछि वैशाख १२ गतेबाट निर्वाचन अधिकृतको कार्यालय खोल्ने पनि जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकारीको कार्यालयमा निर्वाचनका लागि आवश्य प्रशासनिक युनिटसहित सशस्त्र प्रहरीको सुरक्षा घेरामा कार्यालय रहने प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइरालाले जानकारी दिनुभयो । विराटनगर उपमहानगरपालिकासहित ८-८ वटा नगरपालिका र गाउँपालिका रहेको मोरङमाको १७ वटा स्थानीय निकायमा एक सय ५९ वटा वडाहरु रहेका छन् । पाँच लाख ६३ हजार मतदाता रहेको मोरङमा ३५ वटा दल दर्ता छन् । जिल्लामा ३ सयवटा मतदानस्थल र ६ सय ७१ वटा मतदान केन्द्र तय भएको छ । निर्वाचनबाट मोरङमा ८ सय ३२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्