विराटनगर- ४ स्थित पोखरीयामा आइतबार दाजुको धारीलो हतियार छुरा प्रहार बाट बहिनी घाइते भएकी छिन्।
सोही ठाउँका २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै बहिनी १६ बर्षिया पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने छुरा प्रहार गर्ने दाजु आशारामलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।