मोरङको धनपाल गाउँपालिका ९ स्थित नेपाल स्टार इट्टा भट्टा उधोगमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका ५ बस्ने अन्दाजी १७ बर्षिय सर्वण कामत रहेका छन्।
को १ त ६७९७ नम्बरको ट्याक्टरमा इट्टा लोड गरी ट्याक्टरको डाला लगाउने क्रममा सोही ट्याक्टरका सह-चालक कामत लडेर घाईते भएका थिए। घाईते उनलाई उपचारकालागी न्युरो अस्पताल बिराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी कर्सियाले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।