पूर्वको बिभिन्न स्थानमा आगलागी हुँदा लाखौको क्षति

<span class='c1'>पूर्वको बिभिन्न स्थानमा आगलागी</span> <span class='c2'>हुँदा लाखौको क्षति</span>

पूर्वको बिभिन्न स्थानमा मंगलबार भएको आगलागीबाट अन्दाजी ५३ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ।

खोटाङ:- खोटाङको रुपाकोट मझुवागढी १ बस्ने सानु देवी खड्काको देविस्थान कपडा उधोगमा बिधुत सर्ट भई आगलागी हुँदा अन्दाजी २३ लाख ४५ हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट खड्काको टिनको छानो भएको १ तले उध्योग र भित्र रहेको रुवा, मेशिन २ थान, ग्याँस सिलिण्डर २ थान लगायत अन्य सरसामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए । आगलागी नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

सुनसरी:- सुनसरीको बराह नगरपालिका ४ भरौल बस्ने गोबर्धन गिरीको घरमा खोले पकाउने क्रममा आगलागी हुँदा अन्दाजी २१ लाख ७० हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट गिरीको टिनको छानो भएको २ वटा घर, घर भित्र रहेको नगद १ लाख १२ हजार रुपैया, ७ तोला सुन लगायत सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको छ पडीतले बताए । आगलागी प्रहरी, दमकल र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

सप्तरी:- सप्तरीको नेङ्ग्रा ६ बैरीया टोल बस्ने सोबित चौधरीको घरमा चुलोबाट अचानक आगलागी हुदा अन्दाजी ८ लाख ६० हजार मुल्य बराबरको क्षति भएको छ। राती १२ बजेतिर लागेको आगोबाट चौधरीको टिनको छानो र फुसको छानो भएको २ वटा घर, घर भित्र रहेको नगद १ लाख रुपैया, आधा तोला सुन लगायत सम्पुर्ण सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताएका छन्। आगो प्रहरी र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्