काठमाडौ बैशाख ५ , विवेकशील नेपाली दलले बैशाख ३१ मा हुन लागेको स्थानीय निकायको निर्वाचनमा मेयरको नाम सार्वजनिक गरेको छ । काठमाडौ महानगरपालीकाको मेयरको उमेदवारमा दलले २१ वर्षकी रन्जु दर्शनालाई चयन गरेको छ । सानै उमेरबाट समाजसेवा तथा राजनीतिमा सक्रिय दर्शनाबाट नयाँ पुस्ताले ठुलो आश गरेको हुनाले दलले उनलाई उमेदवार बनाएको हो । आज उक्त दलले उनको उमेदवारीको घोषणा गरेको थियो ।