बिराटनगर बैशाख ६,
नेकपा एमालेबाट बिराटनगरको मेयरमा को उठ्ने भन्ने बिषयमा अझै टुंगो लाग्न सकेको छैन । मंगलबार पार्टी कार्यालय पान्चालीमा बसेको नगरको विस्तारित भेलामा बोल्ने अधिकांश सहभागीले युवा नेताहरुको नाम लिएपछि अझ अन्योल भएको छ एमालेको उमेदवार छनोट । यसैबीच युवाहरुको प्रतिनिधि मेयरमा उमेदवार हुनु पर्ने भन्दै बिराटनगर जनपथ टोल निवासी युवा नेता वासिम आलमले पनि मेयरको लागि उमेदवारी दाबी गरेका छन् । मुस्लिम युवाको रुपमा उनले आफुलाई उमेदवारको रुपमा दाबी गरेको आलमले बताए ।
एमालेबाट विराटनगरको नगर प्रमुखमा महेश रेग्मी, विनोद ढकाल, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत, वसिम आलम, रमेश पोखरेल, चुडामणि आचार्य र तारा निरौलाले आकांक्षा राखेका छन् ।