सवारी दुर्घटनामा २ घाइते

<span class='c1'>सवारी दुर्घटनामा</span> <span class='c2'>२ घाइते</span>

सुनसरी र उदयपुरमा बुधाबर भएको सवारी दुर्गटनामा दुईजना घाइते भएका छन्।

सुनसरीको धरान उपमहानगरपालिका-१७ पटनाली जंगलमा बा ७२ प ९८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल पछाडीसवार धरान उपमहानगरपालिका-११ बस्ने १५ बर्षिय डिल्ली विश्वकर्मा घाईते भएक छन्। उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

यता उदयपुरको रामपुरा गाउँपालिका-८ स्थित भित्री सडक खण्डमा हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जादै गरेको स १ त २६३३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टरमा सवार सप्तरी तिलाठी गाउँपालिका-५ बस्ने ३५ बर्षिय धिरेन मण्डल घाइते भएक छन्। उनको सगरमाथा अञ्चाल अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी रामपुरमल्हनियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्