खोटाङको चिउरीडाँडा ९ मा शनिबार दिउँसो चट्याङ लागेर ५ जना घाईते भएका छन्। घाईते हुनेमा सोही ठाउँ बस्ने ३० बर्षिया सीता बुढाथोकी, उनकी ८ बर्षिया छोरी निर्मला बुढाथोकी, ५ बर्षिया सुस्मिता बुढाथोकी , ३ बर्षिया अस्मिता बुढाथोकी र १ बर्षिया निरुता बुढाथोकी रहेकी छन्। आँफ्नै घरमा बसिरहेका उनीहरुलाई दिउँसो १ बजे तिर अचानक खसेको चट्याङ लागेर घाईते भएका हुन्।उनीहरुको स्थानीय क्लिनिकमा उपचार भईरहेको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ। चट्याङ लागेर उनीहरुको घरमा भएको एउटा चौपाया(भैसी) को मृत्यु भएको छ।