लागूऔषधसहित दुईजना पक्राउ

<span class='c1'>लागूऔषधसहित दुईजना</span> <span class='c2'>पक्राउ</span>

सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तिनकुने चोकबाट प्रहरीले शनिबार साँझ लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ गर्नेमा को २१ प ९८९६ नम्बरको स्कुटरमा सवार धरान-३ बस्ने ३० बर्षिय संजय कुमार ठाकुर र पछाडी सवार धरान-२ का २८ बर्षिय संगम शाक्य रहेका छन्। अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले संजयको साथबाट कम्बरको पेटीमा लुकाएर ल्याएको एभिल १५ एम्पुल, डाईजलोप १५ एम्पुल , लुपीजैसिक १५ एम्पुल, र संगमको साथबाट एभिल १५ एम्पुल, डाईजलोप १५ एम्पुल, लुपीजैसिक १५ एम्पुल, गरी जम्मा ९० एम्पुल लागूऔषध तथा उनीहरुले प्रयोग गर्ने दुई थान मोबाईल समेत बरामद गरेको छ।
पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्