जडीवुटी पहिचान तालिम सम्पन्न

<span class='c1'>जडीवुटी पहिचान</span> <span class='c2'>तालिम सम्पन्न</span>

स्थानीय स्तरमा उपलव्ध जडीवुटी पहिचानका लागी आयोजित पूर्वाञ्चल स्तरिय कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैैचा नगरपालीका स्थित विराटचोकमा भएको कार्यक्रममा सप्तरी ,सिराहा,ताप्लेजुङ ,झापा लगायतका जिल्लाका ३९ जनाको सहभागिता रहेको थियो । हाम्रै घरवरपर पनि महत्वपूर्ण जडीवुटी छन् तर पहिचान नभएका कारण उपयोग गर्नवाट बन्चित भएको भन्दै यस्तो तालीम आयोजना भएको हो । तालिमको संयोजन शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकले गर्दे आएको छ । कार्यक्रममा बन,कृषक सहकारी र जडीवुटी विषयमा चासो राख्नेहरुलाई तालिम प्रदान गरिएको छ । तालिममा सुकुना टेक्निकल कजेलका यज्ञराज मल्ल,जडीवुटी जानकार कमल घिमिरे शैलजा आचार्य स्मृर्ति पोलिटेक्निकका कृर्षि तालिम संंयोजक शिवराज सुवेदीले उक्त तालिम प्रदान गरेका थिए । शुक्रवार सम्पन्न तालिममा पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारीले सिकेका कुराहरुलाई प्रयोजनमा ल्याउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्