छुट्टा छुट्टै सवारी दुर्घटनामा ८ घाइते

<span class='c1'>छुट्टा छुट्टै सवारी</span> <span class='c2'>दुर्घटनामा ८ घाइते</span>

पूर्वको विभिन्न जिल्लाहरुमा आइतबार सवारी दुर्घटनाबाट ८ जना घाइते भएका छन्।

मोरङः मोरङको विराटनगर-१९ स्थित मिलन चौकमा को २८ प ६९७ नम्बरको मोटरसाइकलको ठक्करबाट ठेला चालक विराटनगर- १९ बस्ने वर्ष ४० को सुन्दर सरदार घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक बेलबारी-११ बस्ने २६ बर्षिय सुरज बस्नेत र पछाडी सवार सोही ठाउँका सूर्य बिष्‍ट घाइते भएका छन्। घाइतेको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरेहको अस्थायी प्रहरी चौकी घिनाघाटले जनाएको छ।

सुनसरीः सुनसरीको दुहबी-३ स्थित दुहबी-ईनरुवा सडक खण्डमा बा ४४ प ९६८२ नम्बरको मोटरसाइकलको ठक्करबाट तत्काल नाम थर वतन नखुलेको पैदलयात्री घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने दुर्घटनामा मोटरसाइकल चालक सुनसरी औराबनी-२ बस्ने बर्ष १८ को सुजित चौधरी र पछाडी सवार सोही ठाउँका १८ बर्षिय सुरेश चौधरी समेत घाइते भएकाले स्थानिय मेडिकलमा उपचार भइरहेको छ।

सप्तरीः सप्तरीको कृष्णासवरण गाउँपालिका-२ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको को १ च १५५१ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिँदा म्याजिकमा सवार सप्तरी कृष्णासवरण गाउँपालिका-२ बस्ने २० बर्षिय रविन्द्र चौधरी र सोही ठाउँका २२ बर्षिय प्रकाश चौधरी समेत घाइते भएका छन्। घाइते मध्ये रविन्द्रको गोल्डेन अस्पताल विराटनगर र प्रकाशको सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचार भइरहेको छ। म्याजिकका चालकलाई इलाका प्रहरी कर्यालय महुलीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्