झापाको दमकमा सर्पहरु संकलन गरी संग्रहालयकोरुपमा विकास गरिदैं

<span class='c1'>झापाको दमकमा सर्पहरु संकलन</span> <span class='c2'>गरी संग्रहालयकोरुपमा विकास गरिदैं</span>

राजु पौडेल,
झापा । सर्प . नाम सुन्ने बित्तकै आङै जिरिङ्ग हुन्छ । यस्तो जीवहरु पनि संग्रह गरिएको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, विगत केही वर्षअघि देखी झापाको दमकमा विभिन्न प्रजातिका सर्पहरु संकलन गरी त्यसलाई सर्प संग्रहालयको रुपमा विकास गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकले सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्र अहिले सर्प संग्राहलयको रुपमा विकास हुदै गएको हो । सर्पदंशको उपचार सेवा प्रदान गर्दै आएको रेडक्रस सोसाईटी दमक उपशाखामा दश बर्षअघि देखी सर्पहरुको संकलन गरिएपनि २०७२ साल फागुनदेखि मात्र व्यवस्थित सर्प संग्राहलयका रुपमा विकास गरिएको हो । नेपालमा पाइने ८९ प्रजातीका सर्पहरु मध्ये हाल सो सर्प संग्रहालयमा १५ जातका सर्पहरु संकलन गरिएको छ ।

अहिले संग्रहालयमा सर्पहरुकोबारेमा अध्ययन तथा जानकारी लिन बिद्यार्थी र अनुसन्धानकर्ताहरु समेत आउन थालेका छन् ।
नेपालमा नै सम्भवतः पहिलो पटक यसरी सर्पको संकलन गरेर राखिएको सर्प संग्राहलयको संरक्षणमा ध्यान दिन सके खोज तथा अनुसन्धान केन्द्रका रुपमासमेत यसलाई विकास गर्न सकिने सरोकारवालाहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्