बेक्रभेल भएर धनकुटामा बस दुर्घटना

<span class='c1'>बेक्रभेल भएर धनकुटामा</span> <span class='c2'>बस दुर्घटना</span>

 

धनकुटा । धनकुटाको मुलघाट नजिक आज अपरान्ह बस दुर्घटना हुँदा ३४ जना घाईते भएका छन । संखुवासभाको खादवारीबाट धरान तर्फ जाँदै गरेको को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारी छेउमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते भएका सवैलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

बस सडकमा पल्टिएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि दर्जनौ सवारी साधन रोकिएर बसेका छन । राजमार्ग खुलाउँने प्रयास भईरहेको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजेश श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्