कानेपोखरीमा भएकाे बस दुर्घटनामा एकको मृत्यु ४० घाईते

<span class='c1'>कानेपोखरीमा भएकाे बस दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु ४० घाईते</span>

मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित किसान भन्ने ठाउँमा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी तत्काल पहिचान खुल्न नसकेका एक पुरुषको ज्यान गएको छ। उनको उपचारको क्रममा मंगलबारे अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिदा सो दुर्घटना भएको थियो। दुर्घटनामा परी घाईते १२ जनाको पथरी अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईतेहरुलाई मंगलबारे लगायत पूर्वको बिभिन्न अस्पतालमा पठाईएको उक्त कार्यालयले जनाएको छ। बसका चालक फरार रहेकोले खोजी कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्