भानु मोरङ आधारभुत विद्यालयले ६२ र्औ बार्षिक उत्सव मनायो

<span class='c1'>भानु मोरङ आधारभुत विद्यालयले ६२</span> <span class='c2'>र्औ बार्षिक उत्सव मनायो</span>

विराटनगर, १२ बैशाख । विराटनगर–१०(साविक–१३) सनसारी माइस्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालयले ६२ र्औ बार्षिक उत्सव मनाएको छ ।
विद्यालयमा आज विविद्य कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा विद्यालयमा लिएको परीक्षामा उत्कृष्ट हुने ३० जना विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ ।
साथै विद्यालयले आयोजना गरेको खेलकुदमा उत्कृष्ट हुने विदार्थीलाई समेत पुरस्कृत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी समाजसेवी कुष्णकुमार मास्के, विद्यालय व्यवस्थापक समितीका अध्यक्ष विनय अर्जेल विद्यालयका पूर्व प्रधानध्यापक जगतप्रसाद अर्जेल र शिक्षक अभिभावक सँघका अध्यक्ष राजेश मास्कलगायतले बोलेका थिए । कार्यक्रमको सभापत्वि विद्यालयका प्रधानध्यापक सन्जिव घिमिरेले गरेका थिए ।
विद्याथीले पाएको पुरस्काको व्यवस्था नविन हाडा, कृष्णकुमार मास्के, विनय अर्जेल विद्यालयका पूर्व प्रधानध्यापक जगतप्रसाद अर्जेलले गरेका विद्यालयका प्रधानध्यापक घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्