नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै

<span class='c1'>नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि</span> <span class='c2'>आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै</span>

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । कांग्रेसले तयार पारेको घोषणापत्रमा नमुना स्थानीय सरकार विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
बृहत् छलफल र सबै पक्षसँगको सुझाव संकलनपछि कांग्रेसले पार्टीको घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाले आज अपराह्न ३ बजे एक कार्यक्रमकाबीच पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ । संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार स्थानीय संरचना र नेतृत्वलाई सशक्तीकरण गर्ने मुद्दालाई काँग्रेसले प्राथमिकतामा राखेको घोषणापत्र तयारी समितिले जनाएको छ । कांग्रेसले तयार पारेको घोषणापत्रमा स्थानीय तहमा जनतालाई समृद्ध बनाउन सबै तहमा निःशुल्क तथा गुणस्तरीय शिक्षा, सीपमूलक प्राविधिक विद्यालय, कृषि विकास केन्द्र, एक घर, एक रोजगारी, प्रसूति सेवासहितको कम्तीमा १५ शैयाको सुविधासम्पन्न अस्पताल बनाउनेलगायत विकासे एजेण्डा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्