अपाङ्ग सुत्केरी महिला र शिशुलाई दमककाे गाइगोठबाट उद्धार

अपाङ्ग सुत्केरी महिला र शिशुलाई दमककाे गाइगोठबाट उद्धार

भोजपुरकी एकजना मानसिक सन्तुलन गुमाएकी अपाङ्ग सुत्केरी महिला र शिशुलाई झापाको दमकस्थित एउटा गाइगोठबाट उद्धार गरिएको छ ।
दमकस्थित मुगाधन–कृष्णकुमारी राई ट्रष्ट की अध्यक्ष सांसद महेन्द्रकुमारी लिम्बूको पहलमा उद्धार गरी ट्ष्टकोे भवनमा राखिएको छ । खवर थाहा पाएपछि सांसद लिम्बुका साथै अन्तराष्ट्रिय अल्ट्राम्याराथन धावक मीरा राईसहितको टोली त्यहाँ पुगेर उनीहरुलाई गोठबाट उद्धार गरेको थियो । भोजपुर तिम्मा–३ की २५ वर्षीय तामाङ युवतीमाथि गाउँकै एक युवाले जबरजस्ती करणी गर्दा रहेको गर्भबाट ५ दिनअघि छोरी जन्मिएपछि दमक ४ को धिमाल गाइगोठमा उनी वस्न वाध्य थिइन् । तामाङले गत शुक्रबार दमकस्थित आम्दा अस्पतालमा शल्यक्रियापछि छोरीलाई जन्म दिएकी थिइन् । अहिले भोजपुर घर जाने अवस्था नभएका कारण गोठमा राखिएको आमा सुमित्रा तामाङले बताइन । महिलामाथि जवरजस्ती गर्ने युवालाई पक्राउ गरिएको छ । दमकका युवा व्यवसायी नवीन अग्रवालले आमा र शिुशुलाई एक महिनाका लागि पुग्ने पोसिलो खाद्यान्न उपलब्ध गराउनु भएको छ । यस्तै, दमककै सामाजिक कार्यकर्ता चाँदनी बस्नेतले नवजात शिशुका लागि कपडासमेत प्रदान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्