मेचि नगरपालिकामा ट्याक्टर दुर्घटना, चार घाईते

मेचि नगरपालिकामा ट्याक्टर दुर्घटना, चार घाईते

झापाको मेची नगरपालिका १० स्थित नन्द पेट्रोल पम्प अगाडी मंगलबार अपरान्ह ट्याक्टर दुर्घटनामा परी चार जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत ईट्टा लोड गरेर आउँदै गरेको लु २ त ६५९० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मेची नगरपालिका १२ बस्ने कृष्ण लुहार, सुदिप भारती, मिलन तामाङ र सुजन शिवा घाईते भएका छन्। उनीहरुलाई उपचारकालागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएको इलाका प्रहरी कार्यालय शुलाबारीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्