दारी ग्याङ्गले मनायो बिराटनगरको वृद्धाआश्रममा मातातिर्थ अौशीं

दारी ग्याङ्गले मनायो बिराटनगरको वृद्धाआश्रममा मातातिर्थ अौशीं

बिराटनगर बैशाख १३ , आज मातातिर्थ अौशी अर्थात आमाको मुख हेर्ने दिन । सबैले आफ्नो आमाको मुख हेरेर मीठो ख्वाएर मनाए । युवाहरूको समूह "दारी ग्याङ" ले पनि विराटनगर पुष्पलाल चोक स्थित जागृत बृद्धाआश्रममा रहेका आमाहरूसंग मनाएको छ । समुहले आश्रमका आमाहरुलाई मीठो खाना तथा फलफूल ख्वाएर मातातिर्थ अौशी मनाएको समुहका निखिल नेपालले आवर विराटनगर डट नेटलाई बताए । युवाहरुको समुहले आमाहरुलाई आफ्नो छोराछोरीको कमिको महशुस नहोस् भनेर उक्त कार्यक्रम आयोजना गरेको बताएका छन् । दारी ग्याङ बिराटनगरले विराटनगरमा विविध कार्यक्रम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्