भन्सार छलेर ल्याएको सामान रंगेलीमा समातियो

<span class='c1'>भन्सार छलेर ल्याएको</span> <span class='c2'>सामान रंगेलीमा समातियो</span>

विराटनगर बैशाख १४ ,
इलाका प्रहरी कार्यालय रंगेलीले विभिन्न सीमा नाकाबाट अबैध रुपमा भन्सार छली गरि सर सामान भित्राउने कार्यलाई नियन्त्रण गर्नका निमित चेकजाँचलाई कडाइ गरेको छ । विभिन्न सीमा नाकाका एरिया ईलाकाबाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप गरिएको प्रहरी कारवाही स्वरुप विभिन्न समयमा फरक-फरक नाकाबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरि सामान भित्राउदै गरेको अवस्थामा विभिन्न सामाग्री बरामद गरेको हो । जसमा हिरो साईकल ४ थान, टेबल फ्यान १० थान, सिलिङ फ्यान ५ थान, केबल फ्रि च्यानल सेट ५ थान, प्रेसर कुकर ५ थान, पानी तान्ने मोटर २ थान, खेसरी दाल १०० के.जी., लत्ता कपडा, फलामका सकेट तथा सामान, लुगा धुने साबुन लगायतका अन्दाजी मूल्य १ लाख पचास हजार बराबरको सर- सामान बरामद गरेको हो । उक्त बरामद गरिएको सर-सामाग्रीलाई आज भन्सार कार्यालय रानी, बिराटनगरमा बुझाइएको छ । त्यसैगरी उक्त टोलिले बरामद गरेको अन्दाजी १५० लिटर अवैध घरेलु मदिरापनि आज नै आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जीब बाबु खड्काले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्