विराटनगरमा हुण्डाईको नयाँ थ्री एस सेन्टर खुल्यो

<span class='c1'>विराटनगरमा हुण्डाईको नयाँ थ्री</span> <span class='c2'>एस सेन्टर खुल्यो</span>

विराटनगर, वैशाख १४ , विराटनगरमा हुण्डाई गाडीको सेल्स, सर्भिस र स्पेयर पार्टस सेन्टर खुलेको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै छानामा सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यसहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्डको संयोजकतोमा नयाँ थ्री एस सेन्टर उद्धाटन गरेको हो ।
पुर्वाञ्चलमा बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ ।थ्री एस सेन्टरको उद्घाटनमा रोयल अटो वल्र्डका अध्यक्ष भिम प्रसाद पौडेल तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। का कार्यकारी निर्देशक श्री निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

बिराटनगरको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्री एस सेन्टरमा ५ वटासम्म गाडिको सोेरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।उक्त सेन्टरमा प्रति महिना ६०० वटासम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने जनाएको छ।

तस्वीर : रिता कट्टेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्