बिराटनगर बैशाख १४, हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । यसपटकको कार्यक्रममा ३ युवा उद्यमी युवाहरुसंग अन्तरक्रिया गरिएको थियो । राउत कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक प्रतीक राउत , ग्राजुएट कोचका निर्देशक विश्वेस रिजाल तथा मल्ल इन्टरप्राइजेजका निर्देशक अभिनयक मल्लले युवाहरुसंग आफ्नो करियरको बारे बताएका थिए । विदेशको अवसर छोडेर विराटनगरमा नै केही गरौ भन्ने सोच बनाएर आएका तिनै अतिथिको कथा सुनेर युवाहरू उत्प्रेरित भएको कार्यक्रमका आयोजक बसन्त अधिकारीले बताए । तीन जना युवाहरूले नै उपस्थित जमातलाई आफुले चाहेको पेशा तथा पढाइ अंगाल्न अनुरोध गरेका थिए ।
उक्त कार्यक्रम बिकल्प एन अल्टरनेटिभ , मेरील्याण्ड कलेज बिराटनगर (बिबिए) , मकालु टेलिभिजन र होटेल नमस्कारको संयुक्त आयोजनामा हुदै आएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।