दक्षिण कोरिया : झण्डै पाँच बर्षदेखि दक्षिण कोरियामा काम गर्दै आउनु भएका एक नेपालीको बिहिबार निधन भएको छ । स्वदेश फर्कनका लागि जहाजको टिकट समेत लिइसकेका अन्दाजी ३१ बर्षका कल्याण राईको निधन भएको हो । राई खोटाङको चिप्लिङका रहेको तथ्य खुलेको छ ।
चार बर्ष १० महिनाको भीसा अवधि पूरा गरी आगामी बैशाख २९ गते स्वदेश फर्कन हवाइजहाजको टिकट लिइसक्नु भएका राईको सुतेकै अवस्थामा निधन भएको हो । दक्षिण कोरियाको ख्वाङजिस्थित धागो कारखानामा काम गर्दै आउनु भएका राई सोही कम्पनीले उपलब्ध गराइएको आवासमा बस्नु भएको थियो । राई ढिलोसम्म पनि नउठेपछि साथीले उठाउन जाँदा मृत अवस्थामा फेला पारिएको कम्पनीका नेपाली कामदारहरुले बताएका छन । सोही कम्पनीमा कार्यरत रमेश कार्कीले राईको निधनका बारेमा नेपाली राजदूतावासलाई जानकारी गराउनु भएको हो । सियोलस्थित नेपाली राजदूतावासमा राईको निधनका बारेमा अनौपचारिक जानकारी आएको कार्यवाहक राजदूत किरण शाक्यले जानकारी दिनुभयो । राईको शवलाई पोष्टमार्टमका लागि प्रहरीले अस्पतालमा पुरयाएको छ ।
यसअघि पनि इटहरीका एक जना कामदारको सुतेकै अवस्थामा निधन भएको थियो । सुतेकै अवस्थामा निधन हुने नेपाली कामदारको संख्या बढन थालेपछि सरकारले त्यसको सत्यतथ्य पत्ता लगाउने गरी अध्ययन गर्नु पर्ने आवाज कोरियामा रहेका नेपालीहरुले उठाएका छन । अन्नपूर्ण पोस्टमा खबर छ