काठमाडौं । जिल्ला अदालतको आदेशमा रिहा भएका सिके राउतलाई प्रहरीले पुन पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशमा साधारण तारेखमा छुटेका राउतलाई तत्काल पक्राउ गरिएको हो ।
अदालतको आदेशपछि बाहिरिन लागेका डा।राउतलाई अदालत परिसरबाट नै बिहीवार साँझ रौतहट प्रहरीले पक्राउ गरेको हो । पक्राउको समय डा।राउतले प्रहरीसँग पक्राउ पुर्जीको माग गरेका थिए ।राज्यबिरुद्धको मुद्धा र संगठित अपराध मुद्धामा पक्राउ परेका डा।राउतको तर्फबाट ३७ जना वकिलहरुले गरेको बहसपछि जिल्ला न्यायाधीस लक्ष्मीराम ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।