लिभिंग विथ आइसिटीको परिमार्जित मोबाइल एप सार्बजनिक

<span class='c1'>लिभिंग विथ आइसिटीको परिमार्जित</span> <span class='c2'>मोबाइल एप सार्बजनिक</span>

आइसि टेक मिडिया प्रालिद्वारा सञ्चालित सूचना र सञ्चार प्रविधिको अग्रणी मिडिया कार्यक्रम लिभिङ विथ आइसिटीको नयाँ संस्करणको मोबाइल एप्लिकेशन र अंग्रेजी संस्करणको आइटी न्युज पोर्टल टेककृति डटकम सार्वजनिक भएको छ ।
आज राजधानीमा आयोजित एक समारोहमा सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मीश्रले नयाँ एप र समाचार साइट सार्वजनिक गरे ।
सो अवसरमा बोल्दै महानिर्देशक मीश्रले डिजिटल नेपाल निर्माण गर्न सरकार, निजी क्षेत्र र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भनाइ राखे । ‘डिजिटल नेपाल बनाउन हामीलाई प्रभावकारी सञ्चार माध्यमको आवश्यकता छ,’ मीश्रले भने, ‘प्रत्येक नागरिकको हातहातमा सञ्चारमाध्यको पहुँच हुने भएकाले आइटी विभाग त्यस्ता मिडियासँग सहकार्य गर्न तयार छ ।’
त्यस्तै कम्प्युटर एशोसिएसन नेपाल महासंघका केन्द्रीय अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यसमिति सदस्य ई. विनोद ढकालले नेपालको सूचना र सञ्चार प्रविधिको क्षेत्रलाई धेरै नजीकबाट नियालिरहेको बताउँदै ई–नेपाल तथा डिजिटल नेपालको सपनालाई साकार बनाउन सबै पक्षले हातेमालो गर्नुपर्ने कुरामा जोड दिए । सूचना प्रविधिको साझा संस्था क्यानले लामो समयदेखि लिभिङ विथ आइसिटीसँग सहकार्य गर्दै आम जनमानसमा आइसिटी प्रवद्र्धन गरिरहेको बताउँदै ई. ढकालले लिभिङ विथ आइसिटीले पत्रकारितामा ‘पृथक पहिचान बनाएको’ भनाइ राखे ।
सोही अवसरमा बोल्दै महासंघका महासचिव विश्वराम बलामीले सूचना प्रविधिको क्षेत्रमा पनि अब युवा नेतृत्व आवश्यक रहेको औंल्याए । यस क्षेत्रको विकास, विस्तार र प्रचारप्रसारमा लिभिङ विथ आइसिटीको भूमिका प्रशंसनीय रहेको भनाइ उनको छ । राष्ट्रिय अनलाइन पत्रकार मंचका महासचिब सगर श्रेष्ठले अबको समयमा प्रबिधिको प्रयोग र सचेतना महत्वपुर्ण रहेको भन्दै यसको लागि आइसिटीले खेलेको भूमिकाको चर्चा गरे ।
आइसिटेक मिडिया प्रालीका प्रबन्ध निर्देशक राजन लम्सालले सूचना प्रविधि खबरबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर लिभिङ विथ आइसिटीलाई स्थानीय र निम्नस्तरमा विस्तार गरिरहेको बताए । उनले रेडियो कार्यक्रम, म्यागेजिन, अनलाइन पोर्टल र मोबाइल एपका अतिरिक्त विभिन्न कार्यक्रमहरु मार्फत आइसिटीको विकासमा इट्टा थप्ने प्रयास गरेको बताए ।

आइसिटी मोबाइल एप
लिभिङ विथ आइसिटीको नयाँ संस्करणको एन्ड्राेइड मोबाइल एप पनि सोही अवसरमा सार्वजनिक गरियो । यो एप प्रोलोजिक सोलुसन्सको सहकार्यमा तयार भएको हो । एपमार्फत् आइसिटी क्षेत्रका विविध खबरका अतिरिक्त आइसिटी जब र करियर, आइटी कलेज र कोर्शहरु, आइसिटी टिभी सो र भिडियोहरु, टेक इभेन्टहरुको बारेमा तत्काल थाहा पाउन सकिन्छ । यसैअरी मोबाइल एप मार्फत नै म्यागेजिन सब्सक्राइब एवं खरिद गरि डाउनलोड गर्न सकिन्छ । एप डाउनलोडको लागि याे लिंक क्लिक गर्नुहोस ।

टेककृति डटकम सार्वजनिक
अंग्रेजी भाषामा पनि आइसिटीसँग सम्बन्धित समाचार, लेख तथा विभिन्न जानकारी प्रदान गर्ने उद्देश्यले टेककृति डटकम  techcriti.com सार्वजनिक गरिएको हो । यस साइटमा सूचना प्रविधिसँग सम्बन्धित समाचारहरु, एप, ज्याजेट्स, रिभ्युहरु, लाइफस्टाइल, बिजनेश, अन्तरवार्ता, आइसिटी लेख, आइसिटी प्रोफाइल लगायतहरु समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्