भारत लैजादै गरेका चौपाया प्रहरी नियन्त्रणमा

भारत लैजादै गरेका चौपाया प्रहरी नियन्त्रणमा

रंगेली , बैशाख १५  – अवैध रुपमा नेपालबाट भारत लैजादै गरिएको गाइलाई सीमा नाकाबाट इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका १३ वटा गाइलाई आजै भन्सार कार्यालय, रानी विराटनगर पठाइएको छ । खुल्ला सीमाना भएका कारण भन्सार छली अवैधरुपमा चोरी पैठारीका घटनाहरु बढेको हो । चोरी पैठारी बढेसँगै यस्ता कार्यलाई नियन्त्रणमा लिन प्रहरीले चेकजाँचका कार्यलाई तीब्रता दिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जीव बाबु खड्काले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्