एम्बुलेन्सले गरिब र सडक दुर्घटनाका घाइतेलाई निःशुल्क बोक्नुपर्ने

एम्बुलेन्सले गरिब र सडक दुर्घटनाका घाइतेलाई निःशुल्क बोक्नुपर्ने

काठमाडौं, बैशाख १५ – एम्बुलेन्स सञ्चालकहरुले अनिवार्य रुपमा असहाय, गरिब तथा सडक दुर्घटनामा परेका र बेवारिसे बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले समयमा नै उपचार पाउनुपर्ने नागरिकको अधिकारको रक्षा गर्न एम्बुलेन्स निर्देशिका नै बनाएर यस्तो बाध्यकारी व्यवस्था गरेको हो। स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा मन्त्रालयले एम्बुलेन्सको दुरुपयोग रोक्न र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३’ ल्याएको छ। निर्देशिका कार्यान्वयनमा आइसकेको छ।

निर्देशिका अनुसार एम्बुलेन्स सञ्चालकले कुनै पनि बहानामा एम्बुलेन्स सेवाबाट कसैलाई वञ्चित गर्न पाउनेछैनन्। निःशुल्क सेवा प्रदान गर्नका लागि सञ्चालकहरुले आवश्यक आर्थिक व्यवस्थापन गर्नुपर्ने व्यवस्था राखिएको छ।

निर्देशिकाको दफा ७ मा रहेको संस्थाको कर्तव्यभित्र असाहय, गरिब, सडक दुर्घटनामा परेका तथा बेवारिसे बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने व्यवस्था छ।

यसैगरी, संस्थाले एम्बुलेन्स चालकको उपचार खर्च र राष्ट्रिय समन्यव समितिले तोकेको ढँचा अनुसार पोशाकको व्यवस्था गर्नुपर्ने, एम्बुलेन्स, एम्बुलेन्स जनशक्ति, एम्बुलेन्समा सवार बिरामी तथा बिरामीका सहयोगीको बीमासमेत अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्