पुर्वकाे तिन जिल्ला माेरङ, सुनसरी र सप्तरीमा दुर्घटना, १ को मृत्यु ४ घाइते

<span class='c1'>पुर्वकाे तिन जिल्ला माेरङ, सुनसरी र सप्तरीमा</span> <span class='c2'>दुर्घटना, १ को मृत्यु ४ घाइते</span>

विराटनगर, बैशाख १६ गते।
पूर्वका विभिन्न जिल्लाहरुमा शनिबार भएको सबवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन्।
सप्तरीको सुरुङा-७ स्थित पूर्ब पश्चिम राजमार्गमा भारतिय नम्बर बि आर ३० पि १२०० नम्बरको सुमोगाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मल्हनवा-४ बस्ने अन्दाजी ४२ बर्षिय बद्री साहलाई विहान ८;३० बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा चोटलागेका साहको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा विहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरबनाले जनाएको छ।

मोरङः मोरंको सुनवर्सी नगरपालिका-२ पिपल चोकमा को १० प २३८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी अन्दाजी ६० बर्षिया हस्तमाया देउजा घाइते भएकी छिन्। ठक्करबाट खुट्टामा चोट लागेकी हस्तमायाँको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीः सुनसरीको बराह नगरपालीका-११ स्थितमा मधुबनबाट लौकहीतर्फ आउँदै गरेको को १५ प ७०१९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका राजु मेहेताको ४ बर्षिय छोरा गौरब मेहेता घाइते भएक छन्। घाइते बालकको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ।

सुनसरीकै ईटहरी-६ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट आउदै गरेको को १ च ६५२३ नम्बरको एम्बुलेन्सले को ७ प ७७५२ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बनिगामा-६ बस्ने बर्ष ३५ को निर्मल राई र पछाडी सवार कोशिहरैचा बस्ने बर्ष २३ को राकेश राय घाइते भएका छन्। घाइते दुवैको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने एम्बुलेन्सका चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

प्रहरी स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्