पाँचथर र संखुवासभामा चट्याङ लागेर दुई जना घाइते

पाँचथर र संखुवासभामा चट्याङ लागेर दुई जना घाइते

विराटनगर, बैशाख १७ गते।
पूर्वको पाँचथर र संखुवासभामा शनिबार परेको चट्याङ लागेर दुई जना घाइते भएका छन्।
संखुवासभाको चैनपुर नगरपलिका-४ कोक्सा बस्ने ३९ बर्षिय श्री बहादुर राईलाई साँझ ६ बजेतिर बाटोमा हिडिहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका हुन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
यता संखुवासभाकै धर्मदेवी नगरपलिका- ५ बस्ने यदुनाथ नेपालको गाईगोठमा चट्याङपरी आगलागी हुँदा अन्दाजी १ लाख बराबरको क्षति भएको भएको जानकारी प्राप्त भएको छ।
यसैगरी पाँचथरको फिदिम नगरपलिका ५ थाक्ले बस्ने २० बर्षिया कल्पना तामाङ समेत शनिबार परेको चट्याङ लागेर घाइते भएकी छन्। उनको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्