कलबाईपासमा संलग्न एक युवक दमकबाट पक्राउ

कलबाईपासमा संलग्न एक युवक दमकबाट पक्राउ

झापा, बैशाख १८ गते।
प्रहरीले दमक नगरपालिका ५ बाट आईतबार राती कलबाईपासमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत कोलकता घर भई हाल सोही नगरपालिकास्थित मनिष लिम्बुको घरमा डेरा गरी बस्ने ३३ बर्षिय अमन सिंह रहेका छन्।
कल वाईपास भईरहेको भन्ने गोप्य सुचना पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सिंहलाई नियन्त्रणमा लिईएको हो।
प्रहरीले उनको कोठाबाट कलबाईपासमा प्रयोग हुने ब्याट्री, ईनभर्टर, सय थान एनटिसी सिमकार्ड, १ सय ५० थान एनसेल सिमकार्ड र रिचार्ज कार्ड समेत बरामद गरेको छ।
उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्