नकाबजनी चोरी मुद्धामा फरार एक पक्राउ

नकाबजनी चोरी मुद्धामा फरार एक पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले आईतबार साँझ एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नकाबजनी चोरी मुद्धामा फरार झापा गौरीगंज ६ बस्ने २१ बर्षिय को नुर आलम मिया रहेका छन् ।
उनलाई सम्मानित जिल्ला अदालत झापाको मिति २०७२ साल जेष्ठ २६ गतेको फैसलाले नगद ३७ हजार १० रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।
उक्त फैसला संगै फरार रहेका मियालाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाइ सम्मानित जिल्ला अदालत झापामा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्