विराटनगरमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

विराटनगरमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

मोरङको बिराटनगर उप-महानगरपालिका ३ स्थित पिपल चौकमा आईतबार भारतीय नम्बरको ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार मोरङ कंचनबारी बस्ने ६८ बर्षिय चक्र बहादुर खड्काको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कोशी राजमार्ग अन्तर्गत उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बिआर ३७ एफ ४३६९ नम्बरको ट्रकले बिपरित दिसातर्फ जाँदै गरेको को ९ प ६२६० नम्बरको मोटरसाईकललाई साँझ ६:५० बजे ठक्कर दिएको थियो।
ठक्कर दिने ट्रकका चालक तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ। मृतक खड्काको लाशलाई कोशी अंचल अस्पतालको शव गृहमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्