यशोधरा गाउँपालिका–३ बसन्तपुर बस्ने ८ वर्षीय र ७ वर्षीय २ बालकलाई पेयपदार्थ फ्रुटी खुवाई, ५ रुपैयाँ दिएर ललाई–फकाई लु.१ प ३३६३ नम्बरको मोटरसाइकलमा जबरजस्ती लैजाँदै गरेको अवस्थामा महाराजगंज नगरपालिका–६ भलवाडी बस्ने २७ वर्षीय राजाराम कोहारलाई कपिलबस्तु नगरपालिका–५ शिवपुराबाट मोटरसाइकलसहित स्थानियवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । साथै बालकहरुलाई सकुशल उद्धार गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।