झापाकाे मेचिनगरमा सडक दुर्घटना, एकको मृत्यु एक घाईते

झापाकाे मेचिनगरमा सडक दुर्घटना, एकको मृत्यु एक घाईते

झापाको मेचीनगर नगरपालिका १२ मा सोमबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
सरेगाडीस्थित मेची राजमार्ग अन्तर्गत मे ५ प १६३४ नम्बर र मे २ प ८११९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो।
दुर्घटनामा परी १६३४ नम्बरको मोटरसाईकलका चालक झापा दुवागढी १३ बस्ने श्याम कुमार भट्टराईको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।
त्यस्तै ८११९ नम्बरको मोटरसाईकलका चालक झापा शान्तिनगर १ बर्ने बस्ने लक्ष्मी बर्देवा र पछाडी सवार रहेका जितेन्द्र लिम्बु सख्त घाईते भएका छन्।
उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको प्रहरी चौकी चारआलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्