निर्वाचन सुरक्षामा थप मद्धतका लागि प्रहरी परिचालन

निर्वाचन सुरक्षामा थप मद्धतका लागि प्रहरी परिचालन

स्थानीय निकायको पहिलो चरणमा बैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा शान्ति सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा गरी हालसम्म ४ हजार ८ सय ८७ जना प्रहरी कर्मचारीलाई थप मद्धतको लागि २ सय २० वटा सवारी साधन सहित परिचालन गरेको छ ।
प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर तथा दिपायल, प्रहरी युक्ति महाविद्यालय जर्गाह र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट गरी प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने जिल्लाहरुमा उक्त संख्यामा प्रहरी कर्मचारीहरु थप मद्धतको लागि खटाइएको हो ।खटाइएकामध्ये गोरखामा ५ सय ५५, बाग्लुङमा १०, नुवाकोटमा ६ सय १४, पर्वतमा २५, काभ्रेमा ६ सय ५१ सिन्धुपाल्चोकमा ४ सय ५१, स्याङजामा ७०, म्याग्दीमा १२, धादिङमा ३ सय १३, लम्जुङमा ८१, कास्कीमा ४०, चितवनमा ८१, तनहुँमा ८९, मकवानपुरमा ८०, रसुवामा १४, सुर्खेतमा ३ सय ९३, नवलपरासीमा ५, सिन्धुलीमा १ सय ३०, दोलखामा १ सय ८६, रामेछापमा १ सय २४, दैलेखमा १ सय ४२, कालीकोटमा १ सय १२, जुम्लामा २६, जाजरकोटमा ७२, सुर्खेतमा १ सय २९, सल्यानमा ४ सय २५ र रुकुममा ५७ जना प्रहरी कर्मचारी परिचालन गरिएको हो ।निर्वाचनको घोषणा भए पश्चात प्रहरी प्रधान कार्यालयले केन्द्रमा केन्द्रीय निर्वाचन समन्वय कक्ष २०७४ स्थापना गरी गरिएको छ । उक्त प्रदेशहरुमा कुल २२ हजार ६ सय १५ जना प्रहरी कर्मचारी तथा २२ हजार ६ सय ९९ म्यादी प्रहरी खटाउने नीति अनुरुप आवश्यकता अनुसार थप मद्धत खटाउदै आएको उक्त कक्षले जनाएको छ ।

प्रहरी स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्