फरार भएका डाका मुद्धाका अाराेपी पक्राउ

फरार भएका डाका मुद्धाका अाराेपी पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार प्रतिवादी खोज तलाश गर्ने अभियान अन्तर्गत प्रहरीले सोमबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा डाका मुद्धाका फरार भुटानी शरणार्थी शिबिर बेलडाँगी झापा बस्ने ३९ बर्षिय शुभाष तामाङ रहेका छन्।
तामाङलाई सम्मानित जिल्ला अदालत झापाको मिति २०७२ फाल्गुन १४ गतेको फैसलाले डाका मुद्धामा ६ बर्ष कैद तथा १ लाख २२ हजार ८० रुपैया जरिवाना सजाय तोकिएको थियो ।
उक्त सजायसंगै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घरबाट नै पक्राउ गरेको हो। तामाङलाई मंगलबार सम्मानित जिल्ला अदालत झापा बुझाईने झापा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्