विराटनगर बैशाख १९ , प्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारले महाअभियोग लगाएको निर्णय विरुद्ध विराटनगरमा आज हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ । अनेमसंघ मोरङ जिल्ला कमिटीले आयोजना गरेको उक्त हस्ताक्षर कार्यक्रममा स्थानीय साथै अनेमासंघका सदस्यहरुले हस्ताक्षर गरेका थिए । कार्कीलाई हटाइनु गलत भएको र त्यसको विरुद्ध उक्त कार्यक्रम आयोजना गरिएको अनेमसंघले जनाएको छ । कार्यक्रम विराटनगरस्थित ट्राफिक चोकमा सम्पन्न भएको थियो ।