नाेबेल अस्पतालमा उपचार गराइरहेकि महिला कैदी बन्दीको मृत्यु

नाेबेल अस्पतालमा उपचार गराइरहेकि महिला कैदी बन्दीको मृत्यु

जिल्ला कारागार झापामा अपहरण मुद्धामा कैद भुक्तान गरिरहेकी एक महिलाको मंगलबार मृत्यु भएको छ।
२०७१ साल फाल्गुन १८ गते मानब अपहरण मुद्धामा ८ बर्ष कैद सजाय भोगी रहेकी झापा धरमपुर ४ बस्ने २० बर्षिया बीर माया भन्ने सरु तामाङको मृत्यु भएको हो।
तामाङलाई पाठेघर सम्बन्धी समस्या भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा थप उपचारकालागी नोबेल अस्पताल बिराटनगर रेफर गरेको थियो।
उनको मंगलबार दिउँसो सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्